Skip to main content

मासिक लाखौंको फाइदा गर्छन रुपन्देही छपियाका माछा व्यापारिहरुले???

 मासिक लाखौंको फाइदा गर्छन रुपन्देही छपियाका माछा व्यापारिहरुले???

- महेश खड्का

म ४ महिनाको लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको Learning Entrepreneurial Experience (LEE) कार्यक्रम अन्तर्गत रहेर प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , माछा सुपर जोन, रुपन्देहीमा कार्यरत छु। माछा उत्पादनको प्रमुख क्षेत्र ,छपियामा म बस्न लागेको ३ महीना पूरा भयो । यहि दौरानमा थुप्रै माछा किसान र व्यावसायिहरुसङ भेटने अबसर मिल्यो । धेरै-जसोको घर चल्ने नै मुलतः माछापालन बाटै रहेछ । कतिपय अन्य किसान त कारमा चढ्ने नि हुनुहुन्थ्यो। म सदैव किसानलाई कारमा चढ्ने औकातमा पुर्याउछु भन्ने मान्छे वास्तवमै किसानलाइ कारमा देख्दा खुशी सङसङै अचम्मित परे ।


राज कुमार मलाहा र राजु यादव नाम गरेका दुई माछा व्यापारी एबम माछा उत्पादक किसानसङ भलाकुसारि गर्न मौका जुर्यो। उहाँहरुको सफलता पछाडि बर्षौको सङघर्ष लुकेको छ, हेक्का रहोस कि यो कुनै २-४ महिनामै भएको सफलता होइन । मेरो घरतिरका मान्छेहरुले मनग्ये नाफा कमाउदा पनि आफ्नो ब्यबसाय घाटामा रहेको भन्नु हुन्छ , यो चलन नै भै सक्यो उहाँहरुको तर यहाँका व्यावसायीहरु भने खुल्ला दिलले नम्बर नै तोकेर यती यती कमाउछु भन्दा मलाई खुशी सङै देशमै गरेपछि त हुदो रैछ त भन्ने आत्म विश्वास जागेर आयो। उहाँहरुको अनुसार मासीक २ लाख भन्दा बढि कमाउछु र १० जना भन्दा बढिलाई रोजगार दिन्छु भन्दा म ३ छक्क परे। सामान्य पढाई- लेखाइ मात्र भएका उहाँहरुले कसरी यति ठुलो प्रगति गर्नु भयो र कसरी यती धेरै आम्दानी हुन्छ भन्ने कुराले मलाई कौतुहुलता जाग्यो।
उहाँहरु सुरुमा साइकल, मोटरसाइकल हुदै आज गाडीमा माछा सप्लाई गरेर बेच्ने गर्नु हुन्छ । उहाँहरु माछा उत्पादक किसान पनि हुनुहुन्छ र माछा सप्लाई खरिद तथा विक्री गर्ने व्यापारी पनि । सुरुमा मलेसिया गएर १-२ बर्ष बसेका उहाँ हरु, त्यहाँबाट राम्रो कमाई नभएपछि नेपालमै आएर माछा उत्पादन तथा व्यापारमा लाग्नुभएको रहेछ । अहिले उहाँहरु माछा व्यवसायमा संलग्न भएको झण्डै १५ वर्ष भन्दा वढी भएको बताउनु हुन्छ ।
करिबकरिब १ लाख लगानीमा ५ कठ्ठा पोखरी बाट माछा पालन सुरु गर्नु भएको उहाँ हरु अहिले १० विगाहा भन्दा बढि जग्गामा माछा उत्पादन गर्नुहुन्छ। आफ्नै गाडीमा माछा खरिद विक्री गर्नुहुन्छ, सुरुमा बस्ने घर पनि राम्रो नभएका उहाँहरु, अहिले भनेको जस्तो घर छ, २-४ बिगाहा नयाँ जग्गा थप्नु भएको रहेछ, १५-२० जनालाई रोजगारी दिनु भयकोछ, मासिक २-३ लाख आम्दानी गर्नुहुन्छ । यो भन्दा बढि के चाहियो आफ्नो स्वदेशमा एक सामान नेपालीलाई???
मलाई किन र कसरी प्रश्न गर्न धेरै नै मनपर्छ। उहाँहरुलाइ मैले सोधे कसरी कमाउनुहुन्छ मासिक २-३ लाख ??? मिल्छ भने हिसाबकिताब भनिदिनुहोस् न। उहाँ हरुले मजाले खुलस्त भनिदिनुभयो।
"दैनिक पोखरीमा ६-७ जना मान्छेलाई खटाएर विभिन्न पोखरीबाट साइज पुगेका थरि थरि जातका माछाहरु बिहान ६-९ बजे भित्र निकालेर गाडिको एरियटर जडित ट्याङ्कीमा राखिन्छ। कममा पनि , जाडोमा ४०० के.जी र गर्मीमा २०० के.जी माछा बिक्रीवितरण हुदो रहेछ।
रोहु, नैनी ,कमन कार्प माछा रु २८० मा र अन्य सिल्भर कार्प, बिग हेड र ग्रास कार्प रु १८०मा किसानको पोखरीबाट खरिद गरि क्रमशः रु ३५० र रु २५० मा बुटवल र भैरहवाका खुद्रा व्यापारीलाइ बिक्री वितरण गर्नुहुदोरहेछ । यसरी न्युनतम प्रति के.जी रु ५०-७० र अौसत रु ६० Gross profit र अन्य सवारी खर्च, लेवर खर्च हटायर Net profit न्युनतम प्रति के.जी रु ३०-५० र अौसत रु ४० फाइदा हुने गरेको कुरा बताउनु भयो। यसरी दैनिकी अौसतमा ३०० के.जी माछा बिक्रीवितरण गर्दा रु ४० प्रति के.जी फाइदा जोड्दा रु १२,००० दैनिक र मासिक ३.५ लाख आरामले कमाउने कुरा गर्नु भयो। म त साच्चिकै हेरेको हेर्यै भय। आफ्नै भाषामा मिजासिलो पाराले भन्नुभयो, "तुहार हाकिम जीत्ना कमाई लिलाइ , उन्से ज्यादा हम कमाइलि"
राजु यादबले भन्नुभयो "तपाइहरू पनि सङ्‌घर्ष गर्नुहोस। पैसा कमाउन गाह्रो छ तर असम्भव भने छैन । मलाई अहिले मासिक ३ लाख आम्दानी गर्न १० वर्ष लाग्यो। सुरुमा १०० रुपैया फाइदा बाट दिनहरु सुरु भए। राम्रो पढे लेखेको भए २-४ वर्षमै धेरै कमाउने हुन्थ्यौ होला, यत्रो समय लाग्दैनथ्यो तर जे सुकै होस हामी खुशी छौ। तपाइहरू पनि म भन्दा बढी पैसा कमाउन सक्नुहुन्छ तर कम्तिमा पनि २-३ वर्ष सङ्‌घर्ष गर्न सिक्नुहोस्। सुरु गरेको १-२ महिनामै लाखौ कमाउने सोच्न छोड्नुहोस्। यहि माछा व्यव‌सायबाटै तपाई मनग्य कमाउन सक्नुहुन्छ, दायाँ वाया गर्नै पर्दैन, विदेश जानै पर्दैन। यहाँको माछा यहि रुपन्देही मै खपत हुन्छ, बाहिरको जिल्लालाई पुर्याउनै सकिदैन । तपाइहरू बुझेको पढेको मान्छे राम्रो सङ यो व्यवसायमा लाग्नुहोस, १०-१२ लाख मासिक आम्दानी त हजुर हरुले नै गर्नुसक्नु हुन्छ।"
वाहा क्या गजब सङ्गः भुनुभयो । मलाई उहाँका सम्पूर्ण वाणीले मन छुयो । साँच्ची नेपाल‌मै मनग्य कमाउन स‌किन्छ भन्ने यो गतिलो उदाहरण हो ।
आफ्नै देशमा मालिक भएर, सयौ हजारौलाई रोजगारी दिएर बस्ने कि भाडा माझ्नै परेपनि पछि नहट्‌ने हामी विदेशमा गुलामी गरेर बस्ने?????
विचार गरौ।

✍️
महेश खड्का ( इन्टर्न , प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , माछा सुपर जोन, रुपन्देही)

Comments

Popular posts from this blog

Sanduk Ruit- God of Sight

Sanduk Ruit  #RevolutionerG Of Opthalmology (Medicine) He is an ophthalmologist from Nepal who has restored the sight of over 130,000 people across Africa and Asia using small-incision cataract surgery. He is also one of the founders of the Tilganga Institute of Ophthalmolog Born: September 4, 1954, Tapleju Award: Order of Australi Education: All India Institute Of Medical Sciences, New Delhi, University of Lucknow For video about him;  https://fb.watch/6whQs_76Em/

Happy birthday Messi G!!

Messi is an Argentine professional footballer who plays as a forward and captains both Spanish club Barcelona and the Argentina national team. Wikipedia Born: June 24, 1987 (age 34 years), Rosario, Argentina Height: 1.7 m Full name: Lionel Andrés Messi Spouse: Antonela Roccuzzo (m. 2017) Salary: 71 million EUR (2021) ✓✓He is the RevolutionerG of Football history. Let's know about his some interesting facts. 1.Messi was so reserved that his teammates initially thought he was mute. 2.During his first full season with that team (2002-03), Messi was the top scorer with 36 goals in 30 games. 3.Messi made his debut for Barcelona against RCD Espanyol at age 17. He became the third-youngest player to start for Barcelona and the youngest ever to score for the club. 4.In the 2006 FIFA ,Messi became the youngest player to represent Argentina in this competition. 5.Messi wore Argentina’s captain arm-band for the first time against Greece in the 2010 FIFA World Cup. 6.He received the Guinness W...

Emerging Agri-entrepreneur Of Nepal

M.R Shashan Devkota is the Founding Director of Samira Agrotech Pvt. Ltd. and Managing Director at Nepal Agrovine Private Limited. He started his entrepreneurial journey after completing his abroad studies and research (2019).Now, He had successfully evaluated strawberry varieties in research trials in Biratnagar, Dharan and Chitwan and Evaluated Seedless Watermelon varieties in Morang and Chitwan. He is planning to go on floor to commercialize largescale strawberry and watermelon farm nationwide at initial phase. M.R Devkota is a MSc. Fellow in the department of Entomology and Nematology at University of Florida, Florida, USA. M.R Devkota had graduated Bachelor in Agriculture from Institute of Agriculture and Animal Science, Rampur campus, chitwan (2005-2009).  He had worked as research assistant (2015-2018) at multiple research centres ie; Vegetable IPM laboratory, Tropical research and education centre and Small Fruit Entomology lab,coast research and education centre, Florida,U...