यो जमानामा,यदि कोही छ भने माइकलाल नौजवान
म लिन्थे, लिन्छु, लिईनै रहनेछु एकै नाम, किसान ।।
जीवनदाता, अन्नदाता किसान!!
संसार पाल्ने आँट बोकेको किसान!!
राष्ट्रिय धान दिवस को अवसरमा केही धान सम्बन्धि जानकारी मुलक सामग्रीहरू--
सन २००४ अर्थात् २०६१ साल देखि नेपालमा धान दिवस मनाउन सुरु गरिए सङ्गै ,यो दिवसलाई किसानको महान पर्वकै रूपमा यसपाली पनि १८ अौ राष्ट्रिय धान दिवस मुल नारा धान उत्पादनमा बृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि सहित मनाइँदैछ।।हो हो माले हो हो भन्दै खेतबारी असारे भाकाले गुञ्जिदै, दही चिउरा र केराको मिठो भोजन सङ्गै धानको बीउ रोप्दै, हिलोको होली खेल्दै, रमाउदै यो दिनको प्रारम्भ हुन्छ।
६५% भन्दा बढी जनता कृषिमै निर्भर भएको हाम्रो देशमा, कुल जमिनको ४५% मा अझै पनि धान खेती गरिन्छ।
गत वर्ष ५.६ million ton नेपालमा कुल धान उत्पादन भए सङ्गै यसले देशको Gross domestic product अर्थात् GDP मा २५% योगदान पुर्याएको छ।
तर पनि झण्डै १ million ton चामल गत बर्ष बाहिरी देशबाट आयात हुनु भनेको हाम्रो जस्तो कृषि प्रधान देश मा असर्हानिय छ।
३८ प्रजाति का धानको बिउ हरु अहिलेसम्म नेपालमा खेती हुदै आइरहेको छ।जस मध्ये Sunaulo suganda प्रजाति को धान धेरै रोपिएको पाइन्छ।
नेपालीको मुल आहार वा खाद्यान्न चामल , बर्षेनी एक व्यक्तिले अौसत १७० kg खाने गर्दछ। Carbohydrate मात्रै नभएर protein र fat पनि भातमा उल्लेखिय मात्रामा पाइन्छ।
आधा भन्दा बढी जनसक्ति धान उत्पादन मै हुँदा पनि, हामी आत्मनिर्भर हुन सकेनौ।उन्नत जातका मल-बिउ, आधुनिकीकरण, चेतना र प्रविधिबाटै अब सुनिश्चित हुन सकिन्छ।
नेपालको सबैभन्दा धेरै धान खेती गरिने जिल्ला रौतहट हुदै , धेरै धान उत्पादन हुने जिल्ला झापा हुदै , संसार कै अग्लो धान खेती हुने ठाउँ जुम्ला सम्म धानको विविध खेती गरिन्छ।
Agriculture पढ्दै गर्दा कसरी विदेश छिर्न सकिन्छ भन्दा पनि कसरी देशलाइ कृषिमा विकास गर्न सकिन्छ भनेर हातमा हात मिलाऔं, सङ्घर्ष गरौ।
Comments
Post a Comment